एजेन्सी । यूरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए युरोपा लिगको अन्तिम ८ को खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ ।
बिहिवार राति क्याम्प नोउमा भएकाे खेलमा दुबै टोली गाेलरहीत बराबरी रहे । बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ ।
राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेकाे छ ।


