फागुन २७ धनगढी । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकप २०७८ अन्तर्गत फाइनल खेल २८ गते शनिबार हुँदैछ ।
धनगढी रंगशाला शनिबार हुने खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मनाङका प्रशिक्षक राजेन्द्र तामाङ , कप्तान अञ्जन विष्ट र फ्रेण्ड्सका प्रशिक्षक मिगेन्द्र मिश्र, कप्तान अशिम भुषाल दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।
मनाङका प्रशिक्षक राजेन्द्र तामाङ : खप्तड गोल्डकपको उपाधि जितेको खण्डमा आफुहरुलाई लिगमा भोगेको नजितामा केहि हदसम्म मलम लागउने मौका हुनेछ । साथै उनले थपे हामी उद्घाटन देखि फाइनल खेल सम्म आइसकेको छौं हाम्रो खेलाडीलाई केहि दिन आराम मिलेकाले पनि फाइनलमा अझ राम्रो प्रदर्शन गर्ने बताए ।
मनाङका कप्तान अञ्जन विष्ट : 'मैले सुरुका दिन देखि भनिरहेको छु हाम्रो लागि सबै खेल फाइनल सरह हो किनकि यो मोफसल नकआउटका हुने भएकाले एक खेलमा पराजित भयो भने नकआउटका हुन्छ । लिग जस्तो सजिलो हुँदैन् लिगमा एक दुई खेलमा हार व्यहोरदा पनि पछिल्लो खेलमा पुनरागमन गर्न सकिन्छ तर यो नकआउटमा त्यस्तै हुँदै हामी भोलि हुने फाइनल खेलमा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रिने छौं,यस भन्दा अघि पनि मनाङले पहिलो सिजनको ट्रफी उचालि सकेको छ । सो अब हामी फेरि दोस्रोपटक ट्रफी उचाल्दै इतिहास दोहोर्यउन चाहन्छौं । फाइनलमा आफुलाई कुनै दबाव छैन प्रतियोगिता अगाडी हनमी धनगढी रंगशाला पुग्दा मैदानको अवस्था देखेर आफुलाई केहि चिन्ता लागेपनि जुन तरिकाले ग्राउण्ड स्टाफले मैदानलाई ब्यवस्थापन गरे, उनीहरुलाई धन्यवाद पनि दिए ।'
फ्रेण्ड्सका प्रशिक्षक मिग्रेन्द्र मिश्र : 'हामी पहिलो पटक सहभागी जनाएका छौं पहिलोपटक नै फाइनलमा पुग्न सफल भएकोमा खुसी छु, हामीलाई कम्तिामा ७२ घण्टाको आराम पाएको खण्डमा खेलाडीले बढि आराम पाउने भएपनि आफुहरु फाइनलका लागि तयार रहेको बताए । उनले थपे मनाङ बलियो टोली हो उसको इतिहास लामो रहेको र अहिले फ्रेन्ड्स टोली पनि राम्रो रहेको बताए । तर फाइनलमा आफुहरु जितका लागि नै खेल्ने बताए' ।


