फागुन २८ धनगढी । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकप २०७८ अन्तर्गत फाइनल खेल आज हुँदैछ ।
धनगढी रंगशालामा शनिबार दिउँसो ३ बजे हुने खेलमा नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटबल क्लब र फ्रेण्ड्स क्लबका बिच हुनेछ ।
मनाङ फेण्ड्सलाई हराउँदै दोस्रोपटक खप्तड गोल्डकपको उपाधि जिते दाउमा रहेको छ । मनाङले पहिलो सिजनको खप्तड गोल्डकपको उपाधि जितेको थियो । यता फेण्ड्स पहिलोपटक जित्ने योजनामा हुनेछ ।
गत १९ गतेबाट सुरु भएको यस प्रतियोगितामा कुल १० टोलीको सहभागी रहेको थियो । मोफसलकै सर्वाधिक ठूलो धनराशि रहेको प्रतियोगिताको विजेताले नगद २१ लाख प्राप्त गर्नेछ । भने उपविजेता नगद १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टोलीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


