आइतबार, भाद्र २८ गते २०८३
images

फ्रेण्ड्सलाई हराउँदै दोस्रोपटक मनाङ खप्तड गोल्डकप च्याम्पियन

एक्सप्रेस पाना
फाल्गुण २८, २०७८ शनिबार
  • 578
    SHARES
  • फ्रेण्ड्सलाई हराउँदै दोस्रोपटक मनाङ खप्तड गोल्डकप च्याम्पियन

    फागुन २८ धनगढी । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकप २०७८ को उपाधि नेपाल आयल निगम मनाङ मर्स्याङदी क्लबले जितेको छ ।

    images

    धनगढी रंगशालामा शनिबार भएको फाईनल खेलमा ललितपुरको फ्रेण्ड्स क्लबलाई ३-१ गोलले हराउँदै दोस्रोपटक च्याम्पियन बनेको हो । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको मनाङले दोस्रो हाफमा थप २ गोल गर्दन एक गोल व्यहोर्नुपरेको थियो ।

    मनाङको जितमा दिनेश राजवंशी, ओलाओल अफिज र मौसा अबगानाले समना १/१ गोल गरे । यता फ्रेण्ड्सका लागि जमोउल फ्रेन्स्वाले एक गोल गरे ।

    images

    गत १९ गतेबाट सुरु भएको यस प्रतियोगितामा कुल १० टोलीको सहभागी रहेको थियो । मोफसलकै सर्वाधिक ठूलो धनराशि रहेको प्रतियोगिताको विजेताले मनाङले नगद २१ लाख प्राप्त गरेको छ । भने उपविजेता नगद फ्रेण्ड्सले १० लाखमा चित्तबुझउनु परेको छ ।

    कुन विधामा कस्ले के जिते ?                   राइजिङ प्लेयर : बाबुराम चौधरी ( सुदूरपश्चिम ११) नगद २० हजार सर्वाधिक गोल कर्ता ४ गोल : जमोउल फ्रेन्स्वा (फ्रेण्ड्स क्लब )२० हजार बेस्ट मिडफिल्डर : मौसा अबगानाले (मनाङ) नगद २० हजार बेस्ट डिफेन्स : सुरज विश्वकर्मा (फ्रेण्ड्स) नगद २० हजार बेस्ट किपर : विशाल सुनार (मनाङ) नगद २० हजार बेस्ट कोच : राजेन्द्र तामाङ (मनाङ) नगद २० हजार प्रतियोगिताको उत्कृष्ट प्लेयर : शिशिर लेखी (मनाङ) नगद एक लाख