एजेन्सी । भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले टोटनहममाथि रोमाञ्चक जित निकालेको छ ।
शनिबार राति युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा १२औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाए । यता ३५औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई बराबरी अबस्थामा ल्याए ।
यस्तै रोनाल्डोले खेलको ३८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । पहिलो हाफमा २-१ गोलले पछि परेको टोटनहमले खेलको ७२औं मिनेटमा युनाईटेडका कप्तान ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।
त्यसपछि खेलको ८१औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३-२ अन्तरको रोमाञ्चक जित दिलाए । यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।
उक्त जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । यता पराजित टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा छ ।


