आइतबार, भाद्र २८ गते २०८३
images

सिरी ए : साम्पडोरियामाथि युभेन्ट्सको सहज जित

एक्सप्रेस पाना
फाल्गुण २९, २०७८ आइतबार
  • 249
    SHARES
  • सिरी ए : साम्पडोरियामाथि युभेन्ट्सको सहज जित

    एजेन्सी । इटालियन सिरी ए फुटबल मा गए राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-१ अन्तरले पराजित गर्दै शीर्ष चारमा बलियो पकड जमायो । 

    images

    पाहुना टोली युभेन्ट्सको जितमा अल्भारो मोरटाले दुई गोल गरे । एक गोल उपहार पायो । साम्पडोरीयाका माया योसिदाले आत्माघाती गोल गरे ।

    उक्त जितसंगै युभेन्ट्स २९ खेलबाट ५६ अंक सहित चौथो स्थानमा छ । यस्तै अर्को खेलमा इम्पोलीबिरुद्द १-० अन्तरको जितसंगै एसी मिलानले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । 

    images

    जितसँगै शीर्ष स्थानको मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलनको ५८ अंक छ । इम्पोली ३२ अंक जोडेर १३ औं स्थानमा छ ।