आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : आर्सनल र चेल्सीको जित

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७८ सोमबार
  • 339
    SHARES
  • प्रिमियर लिग : आर्सनल र चेल्सीको जित

    एजेन्सी । इंग्लिस प्रिमियर फुटबलमा लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल र चेल्सीले जित निकालेका छन् । चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गर्‍यो । खेल सकिन एक मिनेट बाँकी रहँदा काई हाभार्टजले चेल्सीको लागि विजयी गोल गरे । 

    images

    जितसंगै चेल्सी २८ खेलमा ५९ अंकसहित तेस्रो स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुलभन्दा सात अंक कम हो । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६९ अंक छ भने चौथो स्थानको आर्सनलको ५१ र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५० अंक छ ।

    आइतबार नै भएको खेलमा चौथौ स्थानमा उक्लिने क्रममा आर्सनलले लेस्टर सिटीलाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्सजेण्डर लाकाजेटीले समान एक गोल गरे ।

    images

    खेलको ११औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । खेलको ५९औं मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-० अन्तरको सहज जित दिलाए ।