आइतबार, भाद्र २८ गते २०८३
images

यु-१९ महिला क्रिकेटको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७८ सोमबार
  • 297
    SHARES
  • यु-१९ महिला क्रिकेटको खेल तालिका सार्वजनिक

    फागुन ३० काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ६ चैतबाट हुने सुदूरपश्चिम सिएम कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । 

    images

    प्रतियोगितामा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश १ र मधेस प्रदेश गरी सात टोलीको सहभागिता रहेको छ । 

    समूह ‘ए’ मा सुदुरपश्चिम, बागतमी, कर्णाली र लुम्बिनी तथा समूह ‘बी’ मा प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।  प्रतियोगिताका सबै खेल धनगढीको फाप्ला मैदानमा हुनेछ । समूहको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

    images

     फाइनल खेल ११ चैतमा हुनेछ । 

    Can.jpg