एजेन्सी । फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलकाे मद्दतमा स्पेनिस ला लिगा फुटबल रियल मड्रिडले सहज जित हातपातको छ ।
रियल सोमबार राति भएको खेलमा मालोर्कालाई ३-० गोल अन्तरले पराजित गरेको छ । उक्त जितसंगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । जितसंगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ । यता पराजित मालोर्का २६ अंक सहित १६ औं स्थानमा छ ।


