बिकाश भट्टराई/ चैत १ दाङ । सगरमाथा सिमेन्ट दाङ क्रीकेट लिग २०७८ को फाल्गुन ३० गते अक्सन सपन्न भयो । अक्सनको लागि ५ टिम मालिकले खेलाडीहरु लाई बोलि लगाए । प्रत्येक टिमले कुल १४ खेलाडिलाई किन्न बोलि लगायो । कुल १५१ जनामा अक्सन मार्फत ६९ खेलाडी किनबेच लिलामि भयो ।
त्यसमध्येको एउटा फ्रेन्चाइज टिम हो दङ्गालि लाइन्स । दङ्गालि लाइन्सलाई दाङका युवा व्यवसायी किरण किशोर घिमिरेले किन्नु भएको हो । त्यस्तै सह- मालिकमा स्वास्थ क्षेत्रमा आवद्द ब्यक्तित्व डा.कुन्दन घिमिरे र डा.कृतान्जलि घिमिरेले गर्नु भएको हो ।
खेलकुदमा निकै रुचि राख्ने उहाँहरु दाङ जिल्लामा क्रीकेटसँगै खेलाडिहरुको बिकास होस भनि उहाँले खेलाडीहरुको भविस्य निर्माण होस र खेलाडीहरुले दाङमा पनि क्रीकेट खेलेर जिबिको पार्जन गर्न सकुन भनि टिम किन्नु भएको बताउनु हुन्छ ।

त्यस्तै हिजो सम्पन्न अक्सनमा कुल १४ जना खेलाडी मध्य टिम कप्तानको रुपमा राजबिर सिंहलाई दङ्गालि लाइन्सले अनुबन्ध गरेको छ । उहाँलाई टिमले पन्ध्र हजार रुपैयाँमा अनुबन्ध गरेको हो ।
त्यस्तै टिमले दाङ यु-१६को २ कोटाबाट लेग स्पिनर सुजल वलिलाई रु ६ हजार रुपैयाँ र विकेटकिप्पर अन्कित बि.एमलाई ४हजारमा रुपैयाँमा टिमले अनुबन्ध गरेको छ । त्यस्तै टिमले दाङ यु-१९को २ कोटामा सुमित पराजुली र आयुश लामिछानेलाई ५ हजार रुपैयाँमा टिमले अनुबन्ध गरेको छ ।
त्यस्तै टिमले दाङ सिनियर बाट ५ कोटा रहेकोमा टिमले फास्ट बलर बिर बहादुर घर्ति मगर बिरु, विकेटकिप्पर मनोज पुन मगर, नबिन आचार्य र शंकर बुढालाई १२हजार रुपैयाँ र सुमन दसौदिलाई ८ हजार रुपैयाँमा अनुबन्ध गरेको छ ।

त्यस्तै टिमले लुम्बिनी प्रदेशभित्रका राष्ट्रिय ,अन्तर्राष्ट्रिय खेलेका २ खेलाडि कोटाबाट अनिल खरेललाई १५हजार रुपैयाँ र बिक्रम कुमार भुषाललाई ८ हजार रुपैयाँमा अनुबन्ध गरेको छ । त्यस्तै टिमले लुम्बिनी प्रदेश बाहिर राष्ट्रिय,अन्तर्राष्ट्रिय क्रीकेट खेलेको १ कोटामा सुनिल धमलालाई दश हजार पाँच सय रुपैयाँमा अनुबन्ध गरेको छ । टिमले मार्कि प्लेयरलाई केहि दिनमा अनुबन्ध गर्ने भएको अहिले कसैलाई छनोट गरेको छैन ।
त्यस्तै टिमको कोचमा दाङका लागि सिनियर टोलिबाट खेलिसकेका पुर्ब खेलाडी केशव अधिकारी लाई लिएको छ । त्यस्तै टिम मेन्टरका रुपमा भुवन पाण्डेलाई लिएको छ । त्यस्तै टिम मेनेजरको रुपमा राजेन्द्र कुमार श्रेष्ठ लिएको छ । मिडियाको रुपमा टिमले बिकाश भट्टराईलाई लिएको छ ।



