आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल र भारत भिड्दै

एक्सप्रेस पाना
चैत्र १, २०७८ मंगलबार
  • 407
    SHARES
  • नेपाल र भारत भिड्दै

    चैत १ काठमाडौं । साफ यू-१८ महिला च्याम्पियनसिप फुटबल आजबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ ।

    images

    यू-१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्रभारतको सामना गर्नेछ । यस खेल बेलुका ७:१५ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोलीविरुद्ध खेल्न कठिन हुने बताउछन् । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

    images

    यस्तै नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।