आइतबार, भाद्र २८ गते २०८३
images

नेपाली बलर सामु चलेन युएईकाे ब्याटिङ, नेपालले पायो सामान्य लक्ष्य

एक्सप्रेस पाना
चैत्र ४, २०७८ शुक्रबार
  • 355
    SHARES
  • नेपाली बलर सामु चलेन युएईकाे ब्याटिङ, नेपालले पायो सामान्य लक्ष्य

    चैत ४ काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपाल समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ६८ रन मात्र बनाउन सक्यो । युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए । 

    नेपालका बलर सोमपाल कामी र करण केसी चम्केपछि नेपालले युएईलाई मध्यम स्कोरमै रोक्न सफल भएको हो । सोमपालको नाममा चार र करणको नाममा तीन विकेट छ । सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।

    images