एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स अन्तर्गत क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ ।
यूईएफएको मुख्यालय न्योनमा भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल मड्रिड सेमिफाइनल प्रवेश गर्ने भिड्ने भएका छन् । भने म्यान्चेस्टर सिटी र एथलेटिको मड्रिड, बार्यन र भिल्लारियल तथा बेन्फिका र लिभरपुल भिड्नेछन् ।
रियलले अन्तिम १६ पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । यता चेल्सीले लिलेलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।
क्वाटरफाइनल चरणका खेलहरु आगामी अप्रिल ५/६ मा पहिलो लेग र अप्रिल १२/१३ मा दोस्रो लेग हुनेछ । सेमिफाइनलको पहिलो लेग अप्रिल २६/२७ तथा दोस्रो लेग मे ३/४ मा हुनेछ । च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्सको पार्क डे प्रिन्समा २८ मेमा हुनेछ ।


