आइतबार, भाद्र २८ गते २०८३
images

चेल्सी एफए कपको सेमिफाइनलमा

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 368
    SHARES
  • चेल्सी एफए कपको सेमिफाइनलमा

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा मिडल्सब्रोमाथि २-० को सहज जितसहित चेल्सी एफए कपको सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

    images

    क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा म्यानचेस्टर युनाइटेड र टोटनहमलाई हराएको मिडल्सब्रोले थोमस टचेलको टोलीविरुद्ध भने कुनै जादू देखाउन सकेन । १५औं मिनेटमा स्ट्राइकर रोमेलु लुकाकुले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । ३१औं मिनेटमा हाकिम जेइचले चेल्सीको अग्रता दोब्बर पारेका थिए । 

    खेल अवधिभर मिडल्सब्रोले चेल्सीको पोस्टमा एकपटक मात्र आक्रमण गरेको थियो, जुन ८५औं मिनेटमा आएको थियो ।

    images

    आइतबार हुने टाइसिट ड्रले चेल्सीको सेमिफाइनल प्रतिद्वन्द्वी निर्धारण हुनेछ । सेमिफाइनलका खेलहरू वेम्बली रंगशालामा  १६ र १७ अप्रिलमा हुनेछ । आइतबार हुने क्वार्टरफाइनलका अन्य खेलमा क्रिस्टल प्यालेसले एभर्टन, म्यानचेस्टर सिटीले साउथ ह्याम्पटन र लिभरपुलले नटिङघम फरेस्टको सामना गर्दैछ ।