आइतबार, भाद्र २८ गते २०८३
images

थाइल्यान्ड जाने फुटबल टोलीको बिदाइ

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 422
    SHARES
  • थाइल्यान्ड जाने  फुटबल  टोलीको बिदाइ

    चैत ६ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ ।

    images

    आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाडीको बिदाइ गरिएको हो ।  ३४ सदस्यीय टोली सोमबार (भोलि) थाइल्याण्ड प्रस्थान गर्नेछ ।

    नेपालले थाइल्याण्डसँग १० चैतमा अन्तर्राष्ट्रियस्तरमा मैत्रीपूर्ण र थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग १३ चैतमा खेल्नेछ । दुवै खेल चोनबरीमा हुनेछ ।

    images

    यस पछि नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल खेल्नेछ । समूह 'ए'मा नेपालसहित   कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।