आइतबार, भाद्र २८ गते २०८३
images

सिरी ए : युभेन्ट्स र रोमा विजयी

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 300
    SHARES
  • सिरी ए : युभेन्ट्स र रोमा विजयी

    एजेन्सी । इटालियन सिरी ए फुटबलमा युभेन्टस र रोमाले सहज जित निकालेका छने । गए राति भएको खेलमा सालेरनिटानामाथि २-० अन्तरको जित निकाल्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्ष चारमा बलियो पकड बनाएको छ । 

    images

    आइतबार घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा पाउलो डिबाला र डुसान भ्लाहोभिचले १/१ गोल गरे । 

    खेलको पाँचौ मिनेटमा डिबालाले अग्रता लिए । २९औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए । 

    images

    दोस्रो हाफमा कुनै गोल नभएपछि युभेन्ट्सले सहज जित निकाल्यो ।

    उक्त जितसँगै युभेन्ट्सको ३० खेलबाट ५९ अंक पुगेको छ । शीर्षस्थानको मिलानको ६६ अंक छ । पराजित सालेरनिटाना १६ अंक जोडेर पुछारमा छ ।

    अर्को खेलमा रोमाले लाजियोलाई ३-० अन्तरले पराजित गरेको छ । रोमाको जितमा ट्याम्मी अब्राहमले दुई तथा लोरेन्जो पेलिग्रेनीले गोल गरे । जितसँगै रोमा ५१अंक जोड्दै छैटौं स्थानमा उक्लदा लाजियो ४९ अंकसहित सातौं स्थानमा  छ ।