आइतबार, भाद्र २८ गते २०८३
images

फुटबल टोली थाइल्याण्ड प्रस्थान

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 321
    SHARES
  • फुटबल टोली थाइल्याण्ड प्रस्थान

    चैत ७ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड प्रस्थान गरेको छ । नेपाली टोली नेपाल एयरलाइन्सको नियमित उडानबाट राजधानी बैंकक प्रस्थान गरेको हो । 

    images

    नेपाली टोलीले थाइल्याण्डको राष्ट्रिय टिमसँग २४ र सुनवरी एफसीसँग २७ तारिखमा गरी २ वटा खेल्ने छ । एन्फा कमप्लेक्स सातदोवाटोमा आइतबार थाइल्याण्ड जाने नेपाली टिमलाई विदाई गरिएको थियो ।

    किरण चेम्जोङको कप्तानीमा रहेको टिममा टेकेन्द्र थापा, दीप कार्की, आशिस लामा, आयुस घलान, अनन्त तामाङ, प्रशान्त अवस्थी, अन्जन विष्ट, एरिक विष्ट, नविन गुरुङ, नितिन थापा, दर्शन गुरुङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकास बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज जीऊ ठकुरी, तेज तामाङ, सुवास गुरुङ र रोहित चन्द रहेका छन् ।

    images

    यसैगरी थाइल्याण्ड जाने अफिसियलहरुमा इन्द्रमान तुलाधर, विजय घले, पुर्णमान चित्रकार, अब्दुल्लाह अल्मुताईरी मुख्य प्रशिक्षक, किरण श्रेष्ठ सहायक प्रशिक्षक, विकास मल्ल ठकुरी गोलकिपर प्रशिक्षक, कृष्णभक्त मानन्धर, मधुसुदन उपाध्याय, आविष्कार पुडासैनी, विवेक सुवेदी र विकास गुरुङ रहेका छन् । नेपालले अहिले आसन्न एएफसी एशियन कपको तेस्रो चरणको तयारी गरिररहेको छ ।