आइतबार, भाद्र २८ गते २०८३
images

एएफसी फुटसल एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 424
    SHARES
  • एएफसी फुटसल एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा

    चैत ७ काठमाडौं । आगामी एएफसी फुटसल एसियन कप छनोटका लागि राष्ट्रिय फुटसल टोलीको अन्तिम टोली घोषणा गरेको छ ।

    images

    राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार टोलीको घोषणा गरेका हुन् । अप्रिल १ देखि १५ सम्म किर्गिस्तानमा हुने छनोटका लागि टोली नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगिताको समूह बी मा रहेको नेपालले उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानसँग खेलेको छ ।

    यस्तो छ अन्तिम टोली :
    गोलकिपर : अनिश श्रेष्ठ, विश्वास पौडेल
    फिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ
    एलए : आदिल हमिद, कृजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा
    पिभोट : हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ

    images