आइतबार, भाद्र २८ गते २०८३
images

यूएईले नेपाललाई दियो २०३ रनको विजयी लक्ष्य

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 278
    SHARES
  • यूएईले नेपाललाई दियो २०३ रनको विजयी लक्ष्य

    चैत ७ काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई शृंखलाको तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स युएईबाट १०९ रनको विजयी लक्ष्य पाएको छ ।  

    images

    दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले ब्याटिङ थालेको यूएईले निधारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । उसका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे । 

    यस्तै ओपनर मुहम्मद रिजवानले ३३ , चिराग सुरीले २६ रन, भृत्या अरविन्दले २४ रनको योगदान गरे ।

    images

    नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै,  सोमपाल कामीले २ विकेट लिँदा  आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।

    यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । 

    नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ । 

    प्रतियोगितामा नेपाल १० खेलमा ५  जित र ५  हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९  जित र ६  हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।