आइतबार, भाद्र २८ गते २०८३
images

१५ चैतमा एन्फा विशेष साधारणसभा

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 355
    SHARES
  • १५ चैतमा एन्फा विशेष साधारणसभा

    चैत ७ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित विशेष साधारण सभा १५ चैतमा हुने भएको छ ।

    images

    एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार विशेष साधारणसभाका लागि सूचना जारी गरेका छन् । यसअघि उल्लेखित तीन चुनावी एजेन्डामा एउटा थप गरी पठाइएको छ  ।

    ४ चैतमा पठाइएकाे पत्रमा (१) निर्वाचन समिति गठन सम्बन्धमा, (२) निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धमा र (३) उम्मेद्वारको मनोनयन शुल्क निर्धारण सम्बन्धमा’ मात्रै समावेश थियाे । महासचिव तुलाधरले शुक्रबार सर्कुलर गरेकाे पत्रमा (३) नम्बर बुँदामा ‘संघको वार्षिक कार्यक्रम तथा बजेट एवं आ.व २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा’ भन्ने एजेन्डा थपिएको छ ।

    images

    एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुईपटक स्थगित भएको थियो । एन्फाले ८ फागुनका लागि विशेष साधारणसभा तय गरेको थियो ।