आइतबार, भाद्र २८ गते २०८३
images

 'एनएसजेएफ' पल्सर स्पोर्ट्स अवार्ड आज

एक्सप्रेस पाना
चैत्र ८, २०७८ मंगलबार
  • 310
    SHARES
  •  'एनएसजेएफ' पल्सर स्पोर्ट्स अवार्ड आज

    चैत ८ काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड १८ औं संस्करण आज हुँदैछ । 

    images

    कमलादीस्थित प्रज्ञा भवनको हलमा आयोजना हुने १८ औं संस्करणको स्पोर्ट्स अवार्ड कार्यक्रम अपरान्ह ३ः०० बजे सुरु हुनेछ । कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ । 

    यस्तै अवार्ड कार्यक्रमको प्रत्यक्ष प्रसारण एनटीभी प्लस एचडी, एनटीभी न्युज एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल एचडीबाट हुनेछ ।
     
    यसका साथै एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज र खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिनेछ । पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न नौं विधामा प्रदान गरिनेछ । कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गरिनेछ ।
     
    अवार्डका लागि पिपल्स च्वाइस विधाको भोटिङ सोमबार नै सकिएको छ । यसपालि पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबल टेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन् । उनीहरूका लागि समर्थकले विद्युतीय भुक्तानी माध्यम ई-सेवामार्फत गरिने मतदान सोमबार राति १२ बजे सकिएको हो ।

    images

    पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबारनै गरिनेछ ।
     
    यसवर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
     
    पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ । अवार्डलाई सूर्य नेपाल प्रालि, ई(सेवा, डिस मिडिया नेटवर्क, केल्मी नेपाल, प्लाजा होटल ग्रुप, रोयल सिंगी, ए सिक्स सुज, होटल, इमेजिङ, नबिल इन्भेस्टमेन्ट बैंकिङ, रुस्लान लगायतले सहप्रायोजन गरेका छन् । 

    २५ भदौ २०५२ मा स्थापना भएको एनएसजेएफले २०५३ देखि अवार्ड कार्यक्रम सुरु गर्दै आएको हो । कोरोनाभाइरसको महामारीका कारण निर्धारित समयभन्दा केही ढिला हुन लागेको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागेको हो ।