आइतबार, भाद्र २८ गते २०८३
images

१२औं जितपुर सिमरा गोल्डकपको तयारी पूरा

एक्सप्रेस पाना
चैत्र ९, २०७८ बुधबार
  • 274
    SHARES
  • १२औं जितपुर सिमरा गोल्डकपको तयारी पूरा

    चैत ९ काठमाडौं । १२औं संस्करणको जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को तयारी पूरा भएको छ । भोली अथात् चैत १० गते देखि सुरु हुने यस प्रतियोगितामा मोफसलका पाँच र ए डिभिजन लिगका पाँच टोली गरी कुल १० टोली सहभागि रहेको आयोजक जनजागृती युवा क्लबले जनाएको छ । 

    images

    जसमा साविको विजेता संकटा फुटबल क्लब, एनआटी, हिमालयन शेर्पा, फ्रेण्ड्स क्लब, विभागिय टोली एपिएफ, सुदूरपश्चिम ११, सर्लाहीको बागमती युवा क्लब, आयोजक जनजागृती युवा क्लब, बीएफसी चितवन र विजय युथ हेटौंडाले प्रतिस्पर्धा गर्ने छन् । 

    यस प्रतियोगिताको उद्घाटन खेलमा फ्रेण्डस क्लब र सुुदूरपश्चिम-११ बीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै गता बर्षको तुलनामा यस बर्ष विजेताको पुरस्कार राशीमा तीन लाख तथा उपविजेताको पुरस्कार राशीमा एक लाख ५० हजार वृद्धि गरेको आयोजकले जनाएको छ । 

    images

    चैत १९ गतेसम्म सञ्चाल हुने यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ । यसैगरी विधागतर्फ, उत्कृष्ट गोलरक्ष, डिफेन्स, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोल कर्ता र प्रशिक्षकले जनही नगद २० हजार प्राप्त गर्नेछन् । यता आयोजकले यस बर्ष उदयमान खेलाडीलाई नगद १५ हजारले सम्मान गर्ने समेता बताएको छ । प्रतियोगितालाई जितपुर सिमरा उपमहानगरपालीका विशेष सहयोग गरेको छ ।