चैत ९ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टिट्वाटी र एकदिवसीय शृंखलाको लागि दुई टोली घोषणा गरेको छ । क्यानले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा टि२० र एकदिवसीय टोली घोष्णा गरेको हो । उक्त टोली पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी भने टोलीमा परेका छैनन् । यूएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग-२ मा सोचे अनुरुप प्रदर्शन गर्ने नसकेपछि दुबै खेलाडीलाई टोलीमा समावेश नगरिएको क्यान स्रोतले जनाएको छ ।
नेपालले कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा चैत ११ र १२ गरे पपुवा न्युगिनीसँग दूई एकदिवसीय शृंखला खेल्नेछ । यसैगरी चैत १४ गतेदेखि नेपाल , पपुवा न्युगिनी र मलेसियाबीत टि२० शृंखला हुनेछ ।
यस्तो एकदिवसीयको लागि नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान) आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, रोहित कुमार पैडेल, अनिल शाह, विक्रम सोब, सुशन भारी, पवन सर्राफ, देव खान, गुलसन झा र भीम सार्की रहेका छन् ।
टि२० को लागि नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान) आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादब, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र अदिल अन्सारी


