आइतबार, भाद्र २८ गते २०८३
images

राजर्षि जनक कप : क्यारुनलाई पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा

एक्सप्रेस पाना
चैत्र ९, २०७८ बुधबार
  • 601
    SHARES
  • राजर्षि जनक कप : क्यारुनलाई पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा

    चैत ९ सर्लाही । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब काठमाडौंले सडनडेथमा क्मरुनलाई पराजित गर्दै जारी छैठौं राजर्षि जनक कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई मच्छिन्द्रले सडनडेथमा पाखा लगाएको हो । मच्छिन्द्रले क्यमरुनलाई सडनडेथमा ६–५ गोल अन्तरले पाखा लगायो । ट्राइब्रेकरमा दुवैतर्फबाट ५/५ गोल भएपछि खेलको निर्णय सडनडेथबाट निकालिएको हो ।

    सडनडेथमा क्यामरुनका खेलाडी एस बोरीस अनलक्कि साबित भए । सडनडेथमा बोरिसको प्रहार क्रसबारमा लागेर फर्कियो । योसँगै मच्छिन्द्रले अन्तिम क्वाटरफाइन खेलको नतिजा ६–५ गोल अन्तरको आफ्नो पक्षमा पार्‍यो । सडनडेथमा पहिलो प्रहार गरेका मच्छिन्द्रका देवेन्द्र तामाङले सहजै गोल गरेका थिए । खेल अवधि भर दुवै तर्फबाट कुने गोल हुन नसके पछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

    images

    त्यसमा पनि ५/५ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको हो । खेल अवधिभर केही दबाब सृजना गर्न खोजेको मच्छिन्द्रले क्यमरुन माथि सशक्त प्रहार भने गर्न सकेन । पहिलो हाफ सम्म दुवै टोली कडा प्रतिस्पर्धामा देखिए । खेलको १९औं र ५०औं मिनेटमा मच्छिन्द्रका लागि राम्रो अवसर बन्यो । तर, मच्छिन्द्रका नुरलन नुरुजोभले अवसर सदुपयोग गर्न सकेनन् । 

    मच्छिन्द्र र पाहुना टोली क्यामरुनको पहिलो भेट हो । पहिलो भेट्नै मच्छिन्द्रको लागि लक्की साबित भयो । खेलमा मच्छिन्द्रको फिल्डीङ फिनिसिङ नहुँदा स्कोर गर्नबाट पटक पटक चुकेको थियो । खेल अवधि भर आफूलाई राम्रो फर्ममा राखेका मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

    उक्त जितसँगै मच्छिन्द्रले दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम–११, धनगढीसगँ प्रतिस्पर्धा गर्ने छ । यस्तै प्रतियोगिता अन्तरगतको बिहीबारको पहिलो सोमिफाइनल खेलमा आयोजक बागमती युवा क्लब बागमती र डिफेन्डिङ च्याम्पियन समेत रहेको पिप्ले युवा क्लब हेटौडाबीच प्रतिस्पर्धा हुनेछ ।

    जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार आकर्षक राजर्षि रनिङ सिल्ड र उपविजेताले ५ लाख ५ सय प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल चैत १३ गते आइतबार हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।