चैत १० काठमाडौं । एएफसी एसिया कप-२०२३ को तेस्रो चरण तयारीका लागि फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप-२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्येनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्याण्डविरुद्धको खेलले एसियन कपको तेस्रो चरणमा निकै मद्दत पुग्ने बताएका छन् ।
नेपाल तेस्रो चरणको लागि समूह ए मा छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् । थाइल्यान्ड भने समूह सी मा छ । जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् ।
फिफा वरियता र तुलनात्मक रुपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण कुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ । हाल थाईल्यान्ड फिफा वरियताको ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ ।
मुख्य प्रशिक्षक अल्मुताईरीले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै टिम बनाएका हुन् ।
नेपाली टिम : किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्की, रोहित चन्द, अनन्त तामाङ, नविन गुरुङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदिप गुरुङ, सुरज जिउ ठकुरी, आयुष घलान, एरिक विष्ट, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन लामा, तेज तामाङ, सुमन लामा, सुभाष गुरुङ, आशिष लामा, प्रशान्त अवस्थी, अन्जन विष्ट, दर्शन गुरुङ,


