आइतबार, भाद्र २८ गते २०८३
images

सिमरा गोल्डकप : उद्घाटन खेलमा सुदूपश्चिम र फ्रेण्ड्स क्लब भिड्दै

एक्सप्रेस पाना
चैत्र १०, २०७८ बिहीबार
  • 197
    SHARES
  • सिमरा गोल्डकप : उद्घाटन खेलमा सुदूपश्चिम र फ्रेण्ड्स क्लब भिड्दै

    चैत १० काठमाडौं । १२औं संस्करणको जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता २०७८ आजबाट सुरु हुँदैछ । मोफसलका पाँच र ए डिभिजन लिगका पाँच टोली गरी कुल १० टोली सहभागि रहेको यस प्रतियोगिताको उद्घाटन खेलमा फ्रेण्डस क्लब र सुुदूरपश्चिम-११ बीच हुनेछ । उक्त खेल सिमरा रगंशाला हुने खेल साझंको ५ः३० बजे सुरू हुनेछ ।

    images

    प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै गता बर्षको तुलनामा यस बर्ष विजेताको पुरस्कार राशीमा तीन लाख तथा उपविजेताको पुरस्कार राशीमा एक लाख ५० हजार वृद्धि गरेको आयोजकले जनाएको छ । 

    चैत १९ गतेसम्म सञ्चाल हुने यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ । यसैगरी विधागतर्फ, उत्कृष्ट गोलरक्ष, डिफेन्स, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोल कर्ता र प्रशिक्षकले जनही नगद २० हजार प्राप्त गर्नेछन् । यता आयोजकले यस बर्ष उदयमान खेलाडीलाई नगद १५ हजारले सम्मान गर्ने समेता बताएको छ । प्रतियोगितालाई जितपुर सिमरा उपमहानगरपालीका विशेष सहयोग गरेको छ । 

    images