आइतबार, भाद्र २८ गते २०८३
images

अस्ट्रेलियालाई हराउँदै जापान विश्वकपमा छनोट

एक्सप्रेस पाना
चैत्र १०, २०७८ बिहीबार
  • 299
    SHARES
  • अस्ट्रेलियालाई हराउँदै जापान विश्वकपमा छनोट

    एजेन्सी । जापानले कतारमा आयोजना हुने फिफा विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन् ।

    images

    विश्वकपको एसियन छनोटअन्तर्गत बिहीबार भएको अन्तिम चरणको खेलमा जापानले अस्ट्रेलियालाई २-० ले पराजित गरेसँगै समूह ए मा २१ अंक जोडेको जापानले विश्वकपको टिकट काटेको हो ।

    अस्ट्रेलिया पराजित भएसँगै समूह ए मा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको साउदीले पनि विश्वकपमा आफ्नो स्थान पक्का गर्‍यो । 

    images

    अस्ट्रेलिया भने अब विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहने टोलीसँग प्लेअफ खेल्नेछ । बिहीबार जापानलाई घरेलु टोलीविरुद्ध जिताउाा दिलाउन दुवै गोल काउरु मितोमाले गरे ।

    मितोमाले खेल सकिन एक मिनेट बाँकी रहँदा जापानलाई अग्रता दिलाएका थिए । यस्तै, इन्जुरी समयमा मितोमाले नै गोल गर्दै जापानलाई कतार विश्वकपसम्म दोहोर्‍याए । जापानले लगातार सातौँ पटक विश्वकप खेल्ने भएको हो ।