चैत १० काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली थाइल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको छ ।
बिहीबार थाइल्यान्डको चोनबरीमा भएको खेलमा पहिलो हाफमा घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने दुई गोल बेहोर्न पुग्यो ।
घरेलु टोलीको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले १/१ गोल गरे । फिलिपले ७८औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए । चाओवाटले ८९औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे ।
यस्तै उक्त खेलमा नेपालका प्रशान्त अवस्थीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपालले १३ गते थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग खेल्नेछ । एसियन कप छनोटमा नेपाल सहित समूह 'ए' मा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।


