आइतबार, भाद्र २८ गते २०८३
images

टर्कीलाई हराउँदै पोर्चुगल विश्वकप छनोट नजिक, इटाली बाहिरीयो

एक्सप्रेस पाना
चैत्र ११, २०७८ शुक्रबार
  • 340
    SHARES
  • टर्कीलाई हराउँदै पोर्चुगल विश्वकप छनोट नजिक, इटाली बाहिरीयो

    एजेन्सी । युरोपेली राष्ट्र पोर्चुगलले यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट नजिक पुगेको छ ।

    images

    शुक्रबार बिहान सम्पन्न भएको प्लेय अफको सेमिफाइनल खेलमा पाहुना टोली टर्कीमाथि ३-१ गोलको रोमाञ्च जित निकाल्दै पोर्चुगल फाइनलमा प्रवेश गरेको हो ।

    घरेलु टोली पोर्चुगलको जितमा ओटाभियो एडमिलसन, डिएगो जोटा र म्याथियस नुनेसले १/१ गोल गरे । यता टर्कीका लागि कप्तान बुराक यल्माजले गरेको १ गोल सान्त्वना बन्यो ।

    images

    पहिलो हाफमा २-० गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप १ गोल गर्दै १ गोल ब्यहोर्नुपरेको थियो । 

    खेलको ८५औं मिनेटमा टर्की खेल २-२ गोलको बराबरी अबस्थामा ल्याउने अवसर पाएकाे थियो । जसमा कप्तान तथा फरवार्ड बुराक यल्माजले पेनाल्टी मिस गरेपछि पोर्चुगले निर्धारित ९० मिनेटमै भित्रै खेल जितेर छनौट यात्रामा एक कदम अघि बढाउन सफल भयो ।

    उक्त जित सँगै पोर्चुगलले अब विश्वकप छनोटको फाइनल खेलमा नर्थ म्याकाडोनियाको सामना गर्नु पर्ने छ । नर्थ म्याकाडोनियाले युरो कप विजेता इटालीलाई उसैको मैदानमा १-० गोलले स्तब्ध पार्दै पोर्चगलसँगको भेट पक्का गरेको हो । उक्त हरासँगै इटाली पुनः लगातार दोस्रोपटक विश्वकप छनोट हुन् सकेन् । अब पोर्चुगलले फाइनल खेल ३० मार्चमा खेल्नेछ ।