चैत ११ काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी पहिलो एकदिवसीय श्रृङखलामा पीएनजीले नेपाललाई २९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टस हाररे पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २९२ रन बनाएपछि नेपालले २९३ रनको लक्ष्य पाएको हो ।
पिएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए भने कप्तान असद वालाले ६० रनको योगदान दिए । यस्तै टोनी उरा ३८, रिले हेकुरेले ३१, नर्मन भानुआले ४७ रन बनाए ।
यता नेपालका लागि समोपाल कामी, दिपेन्द्रसिंह एैरी र कमलसिंह एैरीलेले समान २/२ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, पवन सराफले समान १/१ विकेट हात पारे ।


