आइतबार, भाद्र २८ गते २०८३
images

रोहितको शतक बाबजुद नेपाल पिएनजीसँग पराजित

एक्सप्रेस पाना
चैत्र ११, २०७८ शुक्रबार
  • 300
    SHARES
  • रोहितको शतक बाबजुद नेपाल पिएनजीसँग पराजित

    चैत ११ काठमाडौं । युवा ब्याटर रोहित कुमार पौडेलले सानदार शतक बनाएको खेलमा नेपाल पहिलो एकदिवसीय श्रृंखलामा पाहुना टोली पपुवा न्युगीनी (पिएनजी) सँग पराजित भएको छ । 

    images

    शुक्रबार त्रिवि क्रिकेट मैदान भएको खेलमा नेपाल ६ रनले पराजित भएको हो । टस हारेर पहिला ब्याटि गरेको पिएनजीले निधारित ५० ओभरमा २९२ रन बनाएको थियो । यक्त २९३ रनको विजयी लक्ष्य पाएको नेपालले निधारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रन मात्र बनाउन सक्यो । 

    नेपालका लागि रोकित कुमार पौडेलले कीतिमार्नी १२६ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । उनले १०७ बलमा ७ चैका र ४ छक्का प्रहार गरेका थिए । रोहितको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । यस्तै रोहित एकदिवसीयमा सर्वाधिक रन बनाउने पहिलो नेपाली खेलाडी बने । यस्तै कुशल भुर्तेलले २८ बलमा ३२ रनको योग्दान दिए । आरिफ शेफ ३४, सोमपाल कामी, कमल ऐरी समान १८ १८ रनमा नटआउट रहे । यता भिम सार्की १७ र दिपेन्द्रसिंह ऐरीले १५ रन बनाएका थिए । 

    images

    यता पिएनजीका लागि नोरमान भानुअले सर्वाधिक ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान २र२ विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो । 

    पिएनजीका चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । यस्तै कप्तान असद भालाले ६० रनको योगदान गरे । ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१, नोरमान भानुअले ४७ रन बनाए । 

    नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले समान १ विकेट हात पारे । अब, नेपालले पीएनजीविरुद्ध भोलि शनिबार नै दोस्रो खेल खेल्नेछ ।