आइतबार, भाद्र २८ गते २०८३
images

रोमाञ्चक जितसँगै मनाङ दमक गोल्डकपको सेमिफाइनलमा

एक्सप्रेस पाना
चैत्र ११, २०७८ शुक्रबार
  • 404
    SHARES
  • रोमाञ्चक जितसँगै मनाङ दमक गोल्डकपको सेमिफाइनलमा

    चैत ११ झापा । दमक-३ स्थित प्रस्तावित मदन भडारी अन्तर्राष्ट्रिय रंगशालामा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा २०७८ मा बागमती युवा क्लब सर्लाहीलाई ४-२ गोल अन्तरले हराउँदै नेपाल आयल निगम मनाङ मर्स्याङदी सेमिफाइनलमा प्रवेश गरेको छ । 

    images

    शुक्रबार भएको पहिलो क्वाटफाइनल खेलमा बागमतीमाथि ४-२ गोलको रोमाञ्चक जित निकाल्दै मनाङ, सेमिफाइनलमा प्रवेश गरेको हो । 

    यस्तै भोली हुने दोस्रो क्वाटफाइनलमा पुलिस क्लब भारत र मानेभञ्ज्याङ फुटबल क्लब दार्जेलिङबिच हुनेछ । 

    images

    प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चम्लागाईंले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।