चैत १२ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अलराउन्ड दिपेन्द्रसिंह एैरीले पिएनजीविरुद्ध एकदिवसीय श्रृङखलामा शतक पूरा गरेका छन् ।
उनले १३६ बलको सामना गर्दै १०० रन पार गरेका हुन् । उनले एकदिवसीय करिअरमा आफ्नो पहिलो शतक पूरा गरेका हुन् । यो सँगै उनी नेपालका लागि एकदिवसीयमा घरेलु मैदान टियुमा शतक पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का र शुक्रबार युवा ब्याटर रोहित कुमार पौडेलले शतक प्रहार गरेका थिए ।

