चैत १२ काठमाडौ । त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो तथा अन्तिम एकदिवसीय श्रृङखलामा नेपालले पिएनजीलाई २७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रन बनाएपछि पिएनजीले २७९ रनलको लक्ष्य पाएको हो ।
नेपालका लागि दिपेन्द्रसिंह एैरीले १०५ रनको शतकीय इनिङ पूरा गरे । उनले १४० बलमा ७ चौकासहित १०५ प्रहार गरे । यता रोहित कुमार पौडेल ३५ रन, देव खान ७२ रन, भिम सार्कीले १९ बलको सामना गरि २६ रनमा आउट भए । यस्तै कप्तान सन्दीप लामिछानेले अन्तिम ओभरमा आक्रमक ब्याटिङ गर्दै ९ बलमा २४ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
युवा ब्याटर देव खानले ओडीआईमा आफ्नो दोस्रो खेलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७२ बलमा पहिलो अर्धशतक पूरा गरेका थिए । देवले ८६ बलको सामना गरि ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।
यता पिएनजीका लागि अल्दी नाओ सर्वाधिक ३ विकेट लिदाँ नर्मन भानुआले २ विकेट लिए । यस्तै चाड सोपर र चार्ल्स अमिनीले समान १/१ विकेट लिए ।


