आइतबार, भाद्र २८ गते २०८३
images

कप्तान सन्दीपले बनाए विश्व कीर्तिमान

एक्सप्रेस पाना
चैत्र १२, २०७८ शनिबार
  • 542
    SHARES
  • कप्तान सन्दीपले बनाए विश्व कीर्तिमान

    चैत १२ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर तथा सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय किक्रेट खेलमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी र विश्वको दोस्रो खेलाडी बनेका छन् ।

    images

    टियु मैदानमा जारी पपुवा न्युगिनिविरुद्वको दोस्रो तथा अन्तिम खेलमा उनले उक्त उपलब्धि हात पारेका हुन् । सन्दीपले १३औं ओभरको पहिलो बलमा पिएनजीका चार्लीस अमिनीलाई ३५ रनमा आउट गर्दै छिटो ५० विकेट पुरा गर्ने विश्वका दोस्रो बलरका रुपमा आफुलाई उभ्याएका हुन् ।

    सन्दीपले २२ खेलमा ५० विकेट पुरा गरेका हुन् । यसअघि २००९ मा जिम्बाब्वेविरुद्व श्रीलंकाका अजान्था मेन्डिसको १९ खेलमा नै ५० विकेट हात पार्दै सर्वाधिक थौरै खेलमानै ५० विकेट लिदै सर्वाधिक छिटो ५० विकेट लिने खेलाडीको कीर्तिमान आफ्नो नाममा बनाएका थिए । नेपालका लागि सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरूद्धको खेलबाट एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

    images

    सन्दीपले एकदिवसीय खेलमा दुई पटक ६ विकेट लिंदै सनसनिपुर्ण प्रदर्शन गरेका थिए। उनले अमेरिकाविरूद्ध र पपुवा न्युगिनीविरुद्ध ६/६ विकेट लिएका थिए । उनको एकदिवसीय खेलमा उत्कृष्ट इकोनोमिका रुपमा पिएनजी विरुद्वनै ११ रन दिँदै ६ विकेट लिनु हो ।