आइतबार, भाद्र २८ गते २०८३
images

नेपाललाई घरेलु मैदानमा हराउँदै पिएनजीले जित्यो एकदिवसीय श्रृङखला

एक्सप्रेस पाना
चैत्र १२, २०७८ शनिबार
  • 526
    SHARES
  • नेपाललाई घरेलु मैदानमा हराउँदै पिएनजीले जित्यो एकदिवसीय श्रृङखला

    चैत १२ काठमाडौं । दोस्रो तथा अन्तिम एकदिवसीय श्रृङखलामा नेपाललाई ३ विकेटले हराउँदै पपुवा न्युगिनिले श्रृङखला कब्जा गरेको छ ।

    images

    टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा पिएनजीले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएपछि २७९ रनको लक्ष्य पाएको पिएनजीले ४८.४ ओभरमा ७ विकेटको क्षतिमा २८३ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।

    images

    पिएनजीका लागि लेगा सियाकाले सर्वाधिक ९० रन बनाएका थिए । उनले १०२ बलमा १२ चौका र एक छक्कासहित ९० रनमा पवन सराफले आउट गराएका थिए । यस्तै चार्ल्स अमिनीले ३५ रन, सेसे बाउले ३८, रिले हेकुरे ४८ रनमा नट आउट रहे भने नर्मन भानुआ ११ रनमा आउट भए यता हिरि हिरिले १३ रन बनाए ।

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने पवन सराफ २, कप्तान सन्दीप लामिछाने र आरिफ शेखले समान १/१ विकेट लिए ।

    त्यसअघि नेपालका लागि दिपेन्द्रसिंह एैरीले १०५ रनको शतकीय इनिङ पूरा गरे । उनले १४० बलमा ७ चौका प्रहार गरे । यता रोहित कुमार पौडेल ३५ रन, देव खान ७२ रन, रन भिम सार्कीले १९ बलको सामना गरि २६ रनमा आउट भए । यस्तै कप्तान सन्दीप लामिछानेले अन्तिम ओभरमा आक्रमक ब्याटिङ गर्दै ९ बलमा २४ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

    यस्तै युवा ब्याटर देव खानले ओडीआईमा आफ्नो दोस्रो खेलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७२ बलमा पहिलो अर्धशतक पूरा गरेका थिए । देवले ८६ बलको सामना गरि ४ चौका र ३ छक्का प्रहार गरेका थिए । यता पिएनजीका लागि अल्दी नाओ सर्वाधिक ३ विकेट लिदाँ नर्मन भानुआले २ विकेट लिए । यस्तै चाड सोपर र चार्ल्स अमिनीले समान १/१ विकेट लिए ।