आइतबार, भाद्र २८ गते २०८३
images

आइपिएल : चेन्नईलाई हराउँदै कोलकाताको विजयी सुरुवात

एक्सप्रेस पाना
चैत्र १३, २०७८ आइतबार
  • 453
    SHARES
  • आइपिएल : चेन्नईलाई हराउँदै कोलकाताको विजयी सुरुवात

    चैत १३ काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा शनिबार कोलकाता नाइड राइर्डर (केकेआर) ले चेन्नई सुपर किंङ्स (सिएसके) लाई ६ विकेटले पराजित गरेको छ । वान्खडे क्रिकेट रंगशालामा सिएसकेले दिएको एक १३२ रनको लक्ष्य केकेआरले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेट्टायो ।

    images

    केकेआरको जितमा ओपनर अजिक्या राहानेले सर्वाधिक ४४ रन बनाए । उनले ३४ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै, साम बिलिङले २५, नितिश राणाले २१ र कप्तान श्रेयस ऐयरले २० रन जोडे ।

    सिएकेका ड्वेन ब्राभोले तीन विकेट लिए । यसबाहेक, मिचेल स्यान्टनरले एक विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङमा आएको सिएसकेले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो ।

    images

    चेन्नईको ब्याटिङमा महेन्द्रसिंह धोनीले सर्वाधिक ५० रन बनाएका थिए । उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । यसबाहेक, रोविन उत्थपाले २८, कप्तान रविन्द्र जडेजाले २६ र अम्बती रायडुले १५ रन जोडेका थिए । केकेआरका उमेश यादवले दुई विकेट लिएका थिए । यस्तै, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए ।