चैत १३ काठमाडौं । एएफसि एसिया कप छनोटको तयारीमा रहेको नेपाली फुटबल टोलीले आज थाइल्याण्डको शिर्ष डिभिजनको फुटबल क्लबसॅंग मैत्रीपुर्ण फुटबल खेल्दै छ।
थाइल्याण्ड स्थित चोनबारीमा नेपाली समयअनुसार बेलुकी ३:४५ मा हुने यस खेलमा घरेलु टोलीविरुद्ध उत्कृष्ट खेल पस्कदै जित सहित थाइल्याण्ड भ्रमणको नेपाली टोली अन्त्य गर्न चाहान्छ। गत बिहिबार थाइल्याण्डको राष्ट्रिय टोलीसॅंग २-० ले पराजित नेपाल आजको खेलमा जित निकाल्दै एसिया कप छनोटका लागि आफु तयार रहेको संकेत गर्ने चाहान्छ।
आगामी जुन महिनामा कुबेतमा हुने एसिया कप छनोटको तयारीमा रहेको नेपालले सो प्रतियोगितामा आयोजक राष्ट्र सहित जोर्डन र इन्डोनेसिया रहेका छन्।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।


