चैत १३ काठमाडौं । थाइल्यान्ड शीर्ष डिभिजन क्लब चोनबुरी एफसीविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती एघार सार्वजनिक गरिएको छ ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले चोनबुरीविरुद्ध अनन्त तामाङको कप्तानीमा युवा खेलाडीलाई मौका दिएका छन् । जसमा राष्ट्रिय टोलीबाट डेब्यु नपाएका गोलरक्षक दीप कार्की र मिडफिल्डर प्रशान्त अवस्थीसमेत छन् । सन्तोष तामाङ, नविन गुरुङ, आशिष लामा र सुभाष गुरुङले समेत मौका पाएका छन् ।
यसअघि नेपालले थाइल्यान्डविरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २-० ले गुमाएको थियो ।
नेपाली टोली
दीप कार्की, सुमन अर्याल, अनन्त तामाङ (कप्तान) दिनेश राजवंशी, गौतम श्रेष्ठ, सन्तोष तामाङ, नविन गुरुङ, एरिक विष्ट , सुभाष गुरुङ, आशिष लामा, प्रशान्त अवस्थी


