आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल थाइल्यान्ड क्लबसँग ३-१ ले पराजित

एक्सप्रेस पाना
चैत्र १३, २०७८ आइतबार
  • 488
    SHARES
  • नेपाल थाइल्यान्ड क्लबसँग ३-१ ले पराजित

    चैत १३ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग ३-१ गोल अन्तरले पराजित भएको छ ।

    images

    आइतबार चोनबुरी स्टेडियममा घरेलु टोलीलाई जिताउन फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए ।

    थाइल्यान्ड भ्रमणको दोस्रो खेलमा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरले  कप्तान किरण कुमार लिम्बू सहित अनुभवी खेलाडीलाई विश्राम दिँदै नयाँलाई मौका दिएका थिए । जारी थाई लिगमा चोनबुरी पाचौं स्थानमा रहेको छ ।

    images

    खेलको २४औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई अग्रता दिलाएका थिए ।६५औं मिनेटमा रेनाटोले गोल गर्दै अग्रता २-० को बनाए । ८३औं मिनेटमा दर्शनले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३-१ को जित दिलाए ।

    नेपालले यस अघि थाइल्याण्ड राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २-० ले पराजित भएको थियो ।

    एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड पुगेको हो । एसियन कप छनोटको समूह  'ए' मा रहेको नेपालले  कुवेत, इन्डोनेसिया र जोर्डनसँग भिड्नेछ ।