आइतबार, भाद्र २८ गते २०८३
images

दमक गोल्डकप : आर्मीलाई हराउँदै मानेभञ्ज्याङ अन्तिम चारमा

एक्सप्रेस पाना
चैत्र १३, २०७८ आइतबार
  • 567
    SHARES
  • दमक गोल्डकप : आर्मीलाई हराउँदै मानेभञ्ज्याङ अन्तिम चारमा

    चैत १३ झापा । मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिता २०७८ को अन्तिम चारमा प्रवेश गरेको छ । 

    images

    आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । मानेभञ्ज्याङको जितमा राकेश सिंहले दुई गोल गरे भने, जेरी पुलामी र विमल कुमारले १/१ गोल गरे । 

    आइतबारको खेलको म्यान अफ दि म्याच विजयी टोली मानेभञ्ज्याङका राकेश सिंह भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । सोमबारको अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र विदेशी टोली क्यामरुनको एमिनियर फुटबल क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समितिले जानकारी दिए ।

    images