आइतबार, भाद्र २८ गते २०८३
images

मछिन्द्रलाई हराउँदै पिप्ले हेटौंडाले जित्यो राजर्षि जनक कपको उपाधि

एक्सप्रेस पाना
चैत्र १३, २०७८ आइतबार
  • 628
    SHARES
  • मछिन्द्रलाई हराउँदै पिप्ले हेटौंडाले जित्यो राजर्षि जनक कपको उपाधि

    चैत १३ काठमाडौं । छैठौं संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिता २०७८ को उपाधि पिप्ले युवा क्लब हेटौंडाले जितेको छ ।

    images

    सर्लाही बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न सो प्रतियोगितामा पिप्लेको लगातार दोस्रो पटक उपाधि उचालेको हो । फाइनलमा पिप्लेले ए डिभिजन च्याम्पियन क्लब मछिन्द्र क्लब काठमाडौंलाई ट्राईबेकरमा ४-३ अन्तरले पराजित गरेको हो ।

    उक्त उपाधिसँगै पिप्लेले राजर्षि जनक कपकाे आकर्षक रनिङ सिल्डसहित १० लाख एक हजार, मेडल, प्रमाणपत्र र उपविजेताले पाँच लाख पाँच सय सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गत २१ चैतबाट सुरु भएको प्रतियोगितामा विभागीय, ‘ए’ डिभिजन, विदेशी पाहुना र आयोजक टोलीसमेत गरी १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको हो ।

    images