चैत १४ काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि थाइल्याण्डसँग भएको मैत्रिपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली आज साँझ ७ बजे नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं अवतरण गर्ने भएको छ ।
नेपालले थाइल्याण्डको राष्ट्रिय फुटबल टोलीसँग एक अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र थाइल्याण्डको शीर्ष डिभिजनको क्लब चोनबुरी एफसीसँग एक मैत्रिपूर्ण खेल खेलेको थियो । जसमा नेपाल पहिलो खेलमा थाइलयाण्डसँग २-० गोलले तथा अन्तिमा खेलमा चोनबरीसँग ३-१ गोलले पराजित भएको थियो ।
नेपाली टोली एसिया कप छनोट अन्तर्गत समूह ए मा रहेको छ । उक्त समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया रहेको छ । नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्ने छ । यस्तै दोस्रो खेलमा ११ जुनमा कुवेत तथा जुन १४ मा इन्डोनेसियाको सामना गर्नेछ । उक्त सबै खेल कुवेतमा हुनेछ ।


