चैत १४ काठमाडौं । नेपालले टि२० आई त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पिएनजी) सँग टस हारेर पहिला ब्याटिङ सुरु गरेको छ ।
टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरेको हो ।
दुई एकदिवसीय श्रृङखला २-० ले गुमाएको नेपाल आजको खेलमा जित निकाल्दै बदला लिने दाउमा रहेको छ ।
नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहित कुमार पौडेल ।


