चैत १४ काठमाडौं । आजबाट सुर भएको टि२० आई त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पिएनजी) लाई नेपालले १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८३ रन बनाएपछि पिएनजीले १८४ रनको लक्ष्य पाएको हो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ४३ रन बनाए , उनले ३५ बलको सामना गरि ५ चौका र १ छक्का प्रहार गरे । यस्तै रोहित कुमार पौडेल ३४, कुशल भुर्तेल २०, आरिफ शेख ३१ , करण केसी १४, कुशल मल्ल ११, लोकेश बम ५, सोमपाल कामी १ र दिपेन्द्र सिंह एैरी ४ रन बनाएर आउट भए । यस्तै कप्तान लामिछाने १ रनमा नटआउट रहे ।
यता पपुवा न्युगिनीका लागि अल्दी नाओ, चार्ल्स अमिनी र चाड सोपरले समान २/२ विकेट लिए । यस्तै नर्मन भानुआर र रिले हेकुरे समान १/१ विकेट लिए ।
यस अघि दुई एकदिवसीय श्रृङखला २-० ले गुमाएको नेपाल आजको खेलमा जित निकाल्दै बदला लिने दाउमा रहेको छ ।


