आइतबार, भाद्र २८ गते २०८३
images

रोमाञ्चक खेलमा पपुवा न्यु गिनी नेपालसँग १५ रनले पराजित

एक्सप्रेस पाना
चैत्र १४, २०७८ सोमबार
  • 479
    SHARES
  • रोमाञ्चक खेलमा पपुवा न्यु गिनी नेपालसँग १५ रनले पराजित

    चैत १४ काठमाडौं । आजबाट सुर भएको त्रिदेशीय अन्तर्राष्ट्रिय टि२० क्रिकेट श्रृङखला नेपालले विजयी सुरुवात गरेको छ ।

    images

    कप्तान सन्दीप लामिछानेको ३ विकेट प्रेरित खेलमा नेपालले पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र जोड्न सक्यो । पिएनजीका नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै, सेसे बाउले ३०, चार्ल्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए ।

    images

    पिएनजीविरुद्ध किफायती बलिङ गरेका सन्दीप र करण केसीले समान ३/३ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिदा करणले ४४ रन खर्चिएका थिए । यसबाहेक अविनाश बोहराले २ र सोमपाल कामीले १ विकेट लिए ।

    उक्त जितसँगै नेपालले टि२० शृंखलामा सुखद् सुरुवात गरेको छ । शृंखलामा नेपाल, पिएनजी र मलेसिया सहभागी छन् । यी सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ ।