एजेन्सी । यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप छनोट २०२२ अन्तर्गत प्ले अफको फाइनल खेलमा म्यासेडोनियालाई हराउँदै पोर्चुगल छनोट भएको छ ।
बुधबार बिहान पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले म्यासेडोनियामाथि २-० गोलको सहज जित निकालेको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेस दुबै गोल गरे । पहिलो हाफको खेलको ३२औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । काउन्टर अट्याकमा आक्रामक बनेको म्यासेडोनियाका कप्तान रिस्तोभ्स्कीको पासलाई ब्रुनोले मध्यभाग नजिक नियन्त्रणमा लिएपछि पोर्चुगल आक्रमणमा बढेको थियो । रोनाल्डो र ब्रुनोले एक आपसमा सुन्दर मुभ बनाउँदै गोल गरेका थिए ।
यस्तै दोस्रो हाफको खेलको ६५औं मिनेटमा पुनः स्थापन ब्रुनोले गोल गरि पोर्चुगलको जित पक्का गरे । यो सँगै पोर्चुगलले कतार विश्वकपको लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।


