आइतबार, भाद्र २८ गते २०८३
images

मलेसियाविरुद्ध नेपाल फिल्डिङमा

एक्सप्रेस पाना
चैत्र १६, २०७८ बुधबार
  • 269
    SHARES
  • मलेसियाविरुद्ध नेपाल फिल्डिङमा

    चैत १६ काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टि२० श्रृंखला अन्तर्गत खेलमा बुधबार मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

    images

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेको हो । शृंखलाको यो तेस्रो खेल हो ।

    यसअघि भएको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियाले पिएनजीलाई आठ रनले पराजित गरेको थियो ।  

    images