चैत १६ काठमाडौं । राजधानीमा जारी त्रिदेशीय टि२० अन्तर्राष्यि क्रिकेट श्रृंखला अन्तर्गत तेस्रो खेलमा पाहुना टोली मलेसियाले नेपाल सामू ११५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङको निर्णय गरेको मेलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाए पछि नेपालले ११५ रनको लक्ष्य पाएको हो ।
मलेसियाका लागि अहमद जुबैदी जुल्किफ्ले ३२ रन तथा अहमद फैज मोहम्मद नूर २४ रन र मोहम्मद अमीर अजीम अब्दुल शुकोर १६ रन बनाएका थिए ।
यता नेपालका लागि कपतान सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चियर २ विकेट लिएका हुन् । यस्तै अबिनाश बोहरा, दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान १/१ विकेट लिए ।


