आइतबार, भाद्र २८ गते २०८३
images

त्रिदेशीय अन्तर्राष्ट्रिय टि२० श्रृंखला : नेपालको लगातार दोस्रो जित

एक्सप्रेस पाना
चैत्र १६, २०७८ बुधबार
  • 508
    SHARES
  • त्रिदेशीय अन्तर्राष्ट्रिय टि२० श्रृंखला : नेपालको लगातार दोस्रो जित

    चैत १६ काठमाडौं । राजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टि२० श्रृंखलामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । 

    images

    त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको ११५ रनको सामान्य लक्ष्य पाएको नेपालले १३.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । उनले ३१ बलमा ५० रन पूरा गरेका थिए । यस्तै उनले कुल ३८ बलमा ७ चौका र एक छक्कासहित ५७ रनको महत्वपूर्ण योगदान दिए ।

    यता दिपेन्द्रले २१ रन, रोहित कुमार पौडेल १२ र डेब्यु खेलाडी दिलिप नाथले सात बलमा ३ चौकासहित १५ रनमा नटआउट रहे भने र कुशल मल्लले २ नटआउट रहे । 

    images

    यता मलेसियाका लागि पवनदिप सिंहले सर्वाधिक २ विकेट लिदाँ महोमद आमिर र सैयद अजिजले समान ११ विकेट हात पारे । 

    उक्त जितसँगै नेपालले २ खेलमा २ जित सँगै ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । नेपालले यसअघि सोमबार आफ्नो पहिलो खेलमा पिएनजीमाथि १५ रनको रोमाञ्चक जित निकालेको थियो ।